युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो « Khabarhub

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

स्थानीय प्रशासन र उद्धार टोलीले सबैभन्दा बढी प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

अधिकारीहरूका अनुसार आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन प्रयोग गरिएको थियो।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभमा ठूलो रूसी आक्रमण हुन सक्ने चेतावनी दिएका थिए। प्रारम्भिक विवरणमा ११ जनाको मृत्यु भएको बताइए पनि पछिल्लो अद्यावधिकअनुसार मृतकको सङ्ख्या २१ पुगेको पुष्टि भएको हो।

रूस र युक्रेनबीच सन् २०२२ फेब्रुअरी २४ देखि जारी युद्धका क्रममा दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको दाबी गर्दै आएका छन्। युद्धका कारण सार्वजनिक हुने धेरै विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  २ : १९ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम