ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ « Khabarhub

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभीका २ वटा, र नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना गरी कुल १२ वटा विद्युत् प्रसारण लाइनहरूको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । 

यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्ययोजना तयार गरी अगाडि बढाइसकेको उनले बताए । उनले ऊर्जा विकाससम्बन्धी नयाँ कार्ययोजना नेपालको ऊर्जा क्षेत्रका निम्ति ’गेम चेन्जर’ हुन सक्ने विश्वास व्यक्त गरे । 

मन्त्री श्रेष्ठले संघीय संरचना अनुसार संघको कार्यक्षेत्रमा रहेको क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणालीको विकास गर्न मन्त्रालय लागिपरेको उल्लेख गरे । 

उनले सतह सिँचाइबाट सम्भव नभएका तराई–मधेशका ३ लाख १८ हजार हेक्टर कृषि योग्य जमिनमा भूमिगत जल भण्डारलाई उपयोग गरी क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणाली विकास गर्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । 

यस पटक डिप ट्युबवेल निर्माण भई पम्प टेस्ट भएका करिब १६४ वटा ट्युबवेलहरूको प्रणाली निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने र थप ६६ वटा डिप ट्युबवेलहरू निर्माण हुने समेत बताए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ३ : ३५ बजे

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि