विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो « Khabarhub

विवादित सेन्काकु टापुनजिक चिनियाँ जहाज प्रवेशपछि जापान–चीन तनाव चर्कियो


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- पूर्वी चीन सागरस्थित विवादित सेन्काकु टापुनजिक चिनियाँ तटरक्षक जहाज प्रवेश गरेपछि जापान र चीनबीचको समुद्री तनाव फेरि चर्किएको छ। जापानले आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई चेतावनी दिँदै बाहिरिन बाध्य पारेको जनाएको छ।

जापानी तटरक्षकका अनुसार चार चिनियाँ तटरक्षक जहाज विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए। तीमध्ये दुई जहाज जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दाबी गरेको समुद्री क्षेत्रमा प्रवेश गरी जापानी माछा मार्ने डुङ्गातर्फ अघि बढेका थिए। त्यसपछि जापानी तटरक्षकले तत्काल चेतावनी दिँदै अतिरिक्त सुरक्षा जहाज परिचालन गरेको थियो।

जापानी तटरक्षकले जारी गरेको विज्ञप्तिअनुसार पटक–पटक चेतावनी दिएपछि चिनियाँ जहाजहरू मङ्गलबार बिहान ९ः२० बजेसम्म उक्त क्षेत्रबाट बाहिरिएका थिए। जापानले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै आफ्नो क्षेत्रीय जलको सुरक्षा शान्त तर दृढ रूपमा जारी राख्ने जनाएको छ।

सेन्काकु टापु ताइवान र जापानको ओकिनावाबीच अवस्थित छ। जापानले यसलाई ‘सेन्काकु’ भने पनि चीनले ‘दियाओयु’ नामले दाबी गर्दै आएको छ। यही टापुको स्वामित्वलाई लिएर दुवै देशबीच लामो समयदेखि विवाद कायम छ। चीनले नियमित रूपमा उक्त क्षेत्रमा तटरक्षक जहाज परिचालन गर्ने गरेको छ, जसका कारण दुवै देशबीच पटक–पटक समुद्री तनाव सिर्जना हुँदै आएको छ।

जापानी अधिकारीहरूका अनुसार चिनियाँ जहाजले जुन १० मा पनि जापानले आफ्नो क्षेत्र मानेको जलक्षेत्रमा प्रवेश गरेका थिए। तर यसपटक जापानी माछा मार्ने डुङ्गाको यति नजिक पुगेको घटना असामान्य रहेको उनीहरूको भनाइ छ।

जापानले पूर्वी चीन सागरका अन्य विवादित क्षेत्रमा पनि चीनले नियमित रूपमा जहाज परिचालन गरिरहेको आरोप लगाएको छ। ती क्षेत्रमा तेल र प्राकृतिक ग्यासजस्ता ऊर्जा स्रोतको सम्भावित भण्डार रहेको विश्वास गरिन्छ।

पछिल्ला महिनामा दुई देशबीचको सम्बन्ध थप संवेदनशील बनेको छ। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवानको सुरक्षासम्बन्धी अभिव्यक्ति दिएपछि बेइजिङले असन्तुष्टि जनाएको थियो। त्यसयता चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गर्नुका साथै केही जापानी कम्पनीमाथि व्यापारिक प्रतिबन्ध पनि कडा बनाएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : २८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको