परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ « Khabarhub

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भई रकेको जानकारी दिएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपाल र भारत छिमेकी देश भएकाले सीमा विवादहरू छन् भन्ने कुरामा कुनै दुबिधा नरहेको भन्दै सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भई रकेको बताएका हुन् ।

उनले ऐतिहासिक दस्ताबेजहरूका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै सुस्ता क्षेत्र नेपालको भएकाले तथ्य, प्रमाण र ऐतिहासिक दस्ताबेजहरूका आधारमा कूटनीतिक वार्ता मार्फत सीमा सम्बन्धी विषयहरू समाधान गर्न चाहेको धारणा राखे  ।

दुई देशबीच विद्यमान रहेका सीमा सम्बन्धी संयन्त्रहरूले सीमा क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री खनालले आगामी महिना ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिएको बताए ।

त्यस्तै उनले आगामी सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट उपलब्ध गराउने तयारीमा राहदानी विभाग जुटेको जानकारी दिए । 

मन्त्री खनालले राहदानी छपाइको विषय हाल अदालतमा विचाराधीन रहेकाले, सो प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त नहुने धारणा राखे । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : १८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको