ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने « Khabarhub

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात व्यवस्था कार्यालयबाट पाउने सेवा नपाउने भएको छ । उपत्यका ट्राफिक प्रहरीले ट्राफिक कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकको विवरण यातायात कार्यालय पठाएको छ ।

यसरी ट्राफिक प्रहरीले पठाएका विवरणका आधारमा कार्यालयले उनीहरूले यातायातबाट पाउने सेवा रोक्का गरिदिएको हो । उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया थालेदेखि हालसम्म जरिबाना नतिर्ने दुई लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालय पठाएको छ ।

सोही विवरणका आधारमा कार्यालयले उनीहरूले पाउने सेवा रोकेको हो । लामो समय जरिबाना नबुझाएका सवारी चालकको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “ट्राफिक कारबाही परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि हामीले विवरण यातायात कार्यालय पठाएका थियौँ । कार्यालयले भने उनीहरूको सेवा रोकेको हो ।”

योसँगै अब जरिबाना नतिर्ने सवारी चालकले यातायात कार्यालयमार्फत हुने सवारीसाधन खरिदबिक्रीको काम गर्न नपाउने भएको हो । नयाँ सेवाका लागि जरिबाना अनिवार्य तिरेको हुनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ । हाल जरिबाना नतिर्ने सवारी चालक धनीलाई म्यासेजमार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ९ : २५ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६