ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत « Khabarhub

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चौबीसै घण्टा अनुगमन सुरु गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

यही असार २० गते चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको मृत्यु भएको थियो ।

मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ । रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखिनेछ ।

उनले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पु¥याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

यसैबीच, ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिए । घटनाको तीन दिनभित्रै मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु २० लाख राहत रकम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही रु ५० हजारका दरले थप रु एक लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ९ : ४४ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न