कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन « Khabarhub

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ । 

 
यस कार्यक्रमअन्तर्गत निम्न विद्यालयहरू लाभान्वित भएका छन् :

  • श्री मानाकोट माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–५, बाजुरा
  • श्री जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा
  • श्री अम्लिश माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–१, बाजुरा
  •  श्री फूलपाता माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा
  • श्री किर्तिचौर माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–६, बाजुरा
  • श्री बालविकास माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३, बाजुरा

बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ ।  

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १२ : ४३ बजे

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका