फ्राइडे रिलिज: चर्चा कमाउन नसकेका २ नेपाली फिल्म प्रदर्शनमा « Khabarhub

फ्राइडे रिलिज: चर्चा कमाउन नसकेका २ नेपाली फिल्म प्रदर्शनमा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीमध्ये दुवै चलचित्रले दर्शकमाझ क्रेज बनाउन भने सकेका छैनन् ।

आज शुक्रवारदेखि चलचित्र ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ प्रदर्शनमा आएका हुन् । चर्चाका हिसाबले ‘मिस्टर नेपाली’ को केही चर्चा भए पनि कुनै हाइप बनाउन सकेको छैन ।

आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सम्हाली राख है’ को पनि कुनै चर्चा छैन । ‘मिस्टर नेपाली’ लाई देव भुसालले निर्देशन गरेका हुन् । यस्तै ‘सम्हाली राख है’ मा आरएल मोक्तानको निर्देशन छ ।

‘मिस्टर नेपाली’ लाई प्रेमराज दाहाललले निर्माण गरेका हुन् । फिल्ममा भुवन केसी, सरोज खनाल, रीमा विश्वकर्मा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सम्हाली राख है’ मा नयाँ कलाकारको वर्चश्व छ । फिल्ममा अर्जुन कुँवर, शितल केसी, आरोही बस्नेत, स्नेहा कार्की, शंकर कार्की लगायतका कलाकारको अभिनय छ ।

‘मिस्टर नेपाली’ ले मल्टिप्लेक्स हलमा समेत केही शो पाएको छ भने ‘सम्हाली राख है’ भने सिङ्गल थिएटरका हलमा मात्र प्रदर्शनमा आएको हो ।

यसै गरी आजैदेखि हिन्दी चलचित्र ‘मरजावा’ र हलिउड फिल्म ‘चार्लिज एन्जल्स’ पनि प्रदर्शनमा आएका छन् । नेपालका मल्टिप्लेक्स हलमा यी फिल्मले पर्याप्त शो पाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १२ : ३६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक