नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक « Khabarhub

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न दिन नहुने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै महानायक हमालले शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित आजको विश्वमा नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालले सबैसँग मित्रताको हात बढाउनुपर्ने तर कुनै पनि बाह्य शक्तिको प्रभावले मुलुकको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न दिन नहुने उनको तर्क छ । राष्ट्रको वास्तविक शक्ति राजनीतिक संस्थाहरूलाई सबल बनाउन, विधिको शासनलाई सुदृढ गर्न र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुने उनले बताएका छन् ।

उनले कुनै पनि सरकारको सुरुवाती सय दिनको मूल्याङ्कन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा मात्र नभई उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा गरिनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महानायक हमालले वर्तमान समयमा नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको ठोस अपेक्षा गरेको बताएका छन् ।

मुलुकमा हालै भएका युवा आन्दोलन र राजनीतिक उतारचढावप्रति लक्षित गर्दै महानायक हमालले युवा आन्दोलनले जनताभित्र रहेको वास्तविक असन्तुष्टि र परिवर्तनको आकाङ्क्षालाई उजागर गरेको टिप्पणी गरेका छन् । उनले सम्पूर्ण देशवासीलाई विवेकशील र एकताबद्ध रहन अपिल गर्दै राजनीतिक विचारधाराभन्दा नेपालप्रतिको प्रेमलाई माथि राखेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ४ : ३८ बजे

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।