नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक « Khabarhub

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न दिन नहुने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै महानायक हमालले शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाले प्रभावित आजको विश्वमा नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालले सबैसँग मित्रताको हात बढाउनुपर्ने तर कुनै पनि बाह्य शक्तिको प्रभावले मुलुकको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न दिन नहुने उनको तर्क छ । राष्ट्रको वास्तविक शक्ति राजनीतिक संस्थाहरूलाई सबल बनाउन, विधिको शासनलाई सुदृढ गर्न र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुने उनले बताएका छन् ।

उनले कुनै पनि सरकारको सुरुवाती सय दिनको मूल्याङ्कन केवल उसका प्रतिबद्धता वा घोषणाहरूका आधारमा मात्र नभई उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेका परिणामका आधारमा गरिनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महानायक हमालले वर्तमान समयमा नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको ठोस अपेक्षा गरेको बताएका छन् ।

मुलुकमा हालै भएका युवा आन्दोलन र राजनीतिक उतारचढावप्रति लक्षित गर्दै महानायक हमालले युवा आन्दोलनले जनताभित्र रहेको वास्तविक असन्तुष्टि र परिवर्तनको आकाङ्क्षालाई उजागर गरेको टिप्पणी गरेका छन् । उनले सम्पूर्ण देशवासीलाई विवेकशील र एकताबद्ध रहन अपिल गर्दै राजनीतिक विचारधाराभन्दा नेपालप्रतिको प्रेमलाई माथि राखेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ४ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको