५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण « Khabarhub

५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सर्लाही – व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको उद्देश्यसहित सर्लाहीको हरिवनमा मुर्रा क्रस भैँसी वितरण गरिएको छ ।

आज हरिवन नगरपालिकामा आयोजित कार्यक्रममा किसानलाई २३ वटा उन्नत जातको भैँसी वितरण गरिएको नगरपालिका पशु सेवा केन्द्रका डा महेशकुमार श्रेष्ठले जानकारी दिए । भैँसीले दैनिक १० लिटर बढी दूध दिने उनको भनाइ छ ।

कूल रु ४२ लाख लगानीमध्ये नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख हरिमाया घलानले बताए । नगरपालिकाले २२ वटा भैँसी स्थानीय व्यवसायीक फार्मलाई र एउटा सहकारी संस्थालाई प्रदान गरिएको नगरका सूचना अधिकारी लेखा अधिकृत प्रतीक कार्कीले बताए ।

पालिकाले स्थानीयस्तरमा नागरिकलाई स्वरोजगार र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख कमल बुडाथोकी (रमेश)को भनाइ छ । हरिवन नगरपालिका–५ का श्री राम पशु फर्म सञ्चालक राम पुनीत महतोले पशुपालन खर्चिलो बन्दै गएअनुसार आम्दानी नहुँदा किसानहरू मर्कामा रहको बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ०३ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६