महसुल नतिर्ने २० उद्योगको विद्युत लाइन काटियो | Khabarhub Khabarhub

महसुल नतिर्ने २० उद्योगको विद्युत लाइन काटियो


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत लाइन काटी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटक-पटक ताकेता गर्दा समेत महसुल नबुझाएपछि विद्युत लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।

ती उद्योगमा एक लाखदेखि रु दुई लाखसम्म बक्यौता रहेकोले लाइन काटिएको र ती उद्योगमा कूल रु २२ लाख राजश्व लिनुपर्ने प्रमुखले भने । हेटौँडामा करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको र उनीहरुले मासिक रु १७ करोड शुल्क केन्द्रलाई बुझाउने गरेको बताइएको छ । साथै बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कालोसूचीमा राखी महसुल असुल गरिएको छ ।

त्यस्तै, हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगमाथि विगत चार वर्षदेखि बक्यौता रहेको रु एक अर्ब २९ करोड विद्युत् महसुल तिर्न बाँकी रहेकोले छिटोभन्दा छिटो बक्यौता महसुल बुझाउन पत्र पनि उद्योगमा पठाएको प्रमुख ठाकुरले पत्रकारहरुलाई भने । डेडिकेटेड विद्युत्लाइन लिए बापत सो उद्योगलाई उक्त रकम तिर्नुपरेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।

विद्युत् शुल्क बुझाउनका लागि काउन्टरको विस्तार तथा इ–बिलिङ मार्फत समेत विद्युत् महसुल बुझाउने व्यवस्था गरिएको छ । साथै, ग्रामीण विद्युतीकरण लगायत विद्युत विस्तारको कार्य र काठे पोल हटाउने समेत कार्य भइरहेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको

प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सनुवाइ गर्न

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देवदह– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि

स्वास्थ्यमन्त्री शर्माको नेतृत्वमा पहिलो बैठक सम्पन्न, मुख्य तिन विषयमा निर्णय 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सम्पन्न