मनाङको भीरमा अलपत्र फ्रान्सेली पर्यटकको उद्दार « Khabarhub

मनाङको भीरमा अलपत्र फ्रान्सेली पर्यटकको उद्दार


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जोमसोम– प्रहरीले मुस्ताङमा पदयात्राका क्रममा भीरमा फसेकी फ्रान्सेली नागरिकको उद्दार गरेको छ।

राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टासम्म भीरमै अलपत्र परेकी ३२ वर्षीया फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको प्रहरीले शुक्रबार सकुशल उद्दार गरेका हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा उनी अलपत्र परेकी थिइन् ।

मुस्ताङका प्रहरी प्रवक्ता आशीष अधिकारीका अनुसार उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङदेखि थ्रोरङ्लापास हुँददै मुस्ताङको जोमसोम आउने क्रममा थिइन् ।

उनी भीरमा अलपत्र परेको सूचना दिउँसो ३ बजे प्रहरीलाई जानकारी गराइएको थियो । उनीसँग जीपीएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दूतावासलाई जानकारी गराएकी थिइन् ।

यसपछि दूतावासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ८ : ३६ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले