विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो « Khabarhub

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध कायमै राखेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिए।

उनले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखे।

ठगुन्नाले प्रधानमन्त्री शाहले संसद्बाट माफी माग्नुपर्ने आफूहरूको माग कायमै रहेको बताएका छन् ।

सांसद ठगुन्नाले आफूहरूको माग पूरा नभएसम्म विरोध नरोकिने स्पष्ट पारेका छन् ।

उनले उचित व्यवस्थापनबिना नै सुकुम्वासीहरूलाई वर्षाको पानीमा डुब्न बाध्य पारिएको भन्दै आपत्ति जनाएका छन्।

राज्य संयन्त्रको दुरुपयोग गरी राज्य संयन्त्रलाई प्रतिशोधपूर्ण ढङ्गले सञ्चालन गरिएको आरोप लगाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पहिले गिरफ्तार गर्ने र पछि अनुसन्धान गर्ने उल्टो विधि अपनाइएको पनि उल्लेख गरे।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ०५ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,