ऐतिहासिक सिन्धुलीगढीका सम्पदा सङ्कटमा | Khabarhub Khabarhub

ऐतिहासिक सिन्धुलीगढीका सम्पदा सङ्कटमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ।

गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातìवविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन्। सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएको भन्दै इतिहासकार प्रा. दिनेशराज पन्तले चिन्ता गरे ।

उनले भने, ‘ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ। ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो।’ पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएको पन्तको भनाई छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिन्धुलीगढी क्षेत्रमा निर्माण भइरहेका सिँढी, प्रतीक्षालय, टहरा, स्तम्भलगायत संरचना पुरातात्त्विक मापदण्डभन्दा बाहिर रहेको बताए । उनले भने, ‘पुराना संरचनालाई पुरेर नयाँ निर्माण गर्न मिल्दैन।’

सिन्धुलीगढीको अवस्था अध्ययनका लागि पुरातìवले कर्मचारी खटाइसकेको र अध्ययनपछि नै थप कारबाही अगाडि बढ्ने उनको भनाई छ ।

सिन्धुलीगढीको विकास र संरक्षणमा लामो समयदेखि पहल हुँदै आएको छ। स्थानीय सरकार गठनपछि कमलामाई नगरपालिकाले पनि गढीको संरक्षण र विकासमा काम गर्दै आएको छ। यद्यपि, विकासका प्रयासहरू पुरातात्त्विक मापदण्डविपरित भएकोमा सम्पदा संरक्षण अभियान्ताहरूले प्रश्न उठाउँदै आएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ३१ बजे

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

कञ्चनपुर– ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि

विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

म्याग्दी–  विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन्