मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ « Khabarhub

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन् ।  

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका विषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन् ।

उनले उक्त घटनामा रास्वपाका नेता वा कार्यकर्ता जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए । सभापति लामिछानेले प्रधानमन्त्रीसँग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका विषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिए । 

त्यस्तै सुकुम्वासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको लामिछानेले बताए । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : १० बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले