गर्भवतीको हेलिकोप्टरबाट उद्धार « Khabarhub

गर्भवतीको हेलिकोप्टरबाट उद्धार


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरिएको हो ।

बुधबार नै प्रसूति व्यथाले थलिएको गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भएपनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिए ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जानकारी दिएको छ ।

स्वास्थ्य चौकी पनि नजीकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर रहेकाले डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौं लगिएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ४३ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६