ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला « Khabarhub

ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला प्रहरी कार्यालय दाङले विप्लव समूले लुकाई छिपाई राखेको अवस्थामा ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला पारेको छ ।

दाङ प्रहरीले जिल्लाको गढवा गाउँपालिका र कपिलबस्तुको शिवनगरको सिमा क्षेत्रमा रहेका केही बेवारिसे खाली गोठमा खानतलासी गरी लुकाई छिपाई राखेका अवस्थामा ५ थान अत्याधुनिक सर्ट मेसीन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३ सय ९० थान गोलीसमेत बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा ५ नम्बर प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले खोजतलास गर्दा शुक्रबार बेलुकी करीव ६ बजेको समयमा कपिलबस्तुको शिवनगर नगरपालिका वडा नम्बर १ मा रहेको खाली गोठबाट रातो सुटकेशमा राखिएको अवस्थामा उक्त हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले आज (शनिबार) पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विप्लव समूहले दाङ र कपिलबस्तुको सिमाहुँदै हातहतियार स्थानान्तरण गदैंछन् भन्ने प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा कार्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले बताएको छ ।

बरामद गरिएका हतियार कहाँ र कुन प्रयोजनका लागि लैजान लागिएको थियो भन्ने यकिन नभए पनि राज्य प्रतिबन्धित विप्लव समूहले राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

उपनिर्वाचनको पूर्व सन्ध्यामा यति ठूलो मात्रामा अत्याधुनिक हतियार भेटिनुले सुरक्षा संवेदनशीलतामाथि अझ सतर्क रहन जिम्मेवारी बढेको देखिएको छ । बरामद गरिएका हतियार युद्धकालीन समयमा प्रयोग गरिएका जस्ता देखिए पनि ती हतियारका बारेमा अहिले नै यकिन गर्न नसकिने प्रहरीले बताएको छ । घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री