पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

पर्वतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतको कुश्मामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार दिउँसो साढे २ बजेतिर कुश्मा नगरपालिका–९ एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा ग १ त ७२७३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कुश्मा नगरपालिका–७ का २८ वर्षीय ट्याक्टर चालक सुजन नेपाली र कुश्मा–९ साइकलचोकका १४ वर्षीय शिशिर लामिछानेको मृत्यु भएको छ। गम्भीर घाइते भएका दुवै जनाको प्रदेश अस्पताल कुश्मामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २२ वर्षीय उदय सापकोटा घाइते भएका छन्। हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटामा बस्दै आएका सापकोटाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : २५ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता