सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ « Khabarhub

सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ । 

कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो ।

प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६/९६ प्रतिशत रोपाइँ भएको छ । 

कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ । 

दार्चुलामा ९१ दशमलव ७२, अछाममा ९०, बझाङमा ९१, बैतडीमा ९० दशमलव एक र बाजुरामा ९१ दशमलव ९८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कँडेलले जानकारी दिए । 

प्रदेशका नौ जिल्लामध्ये डोटीमा सबैभन्दा कम ६० दशमलव एक प्रतिशत मात्रै रोपाइँ भएको छ । 

जिल्लामा धान रोप्न योग्य छ हजार ४२६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ८५६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको उनले जनाए ।

कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधिक गर्न बाँकी रहेको जनाउँदै मनसुन सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको बताए। 

सोमबारसम्म प्रदेशभर करिब ९७ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : ५६ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र