कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने « Khabarhub

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै मनाउने भएको छ ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको सो समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । साथै आवश्यकताअनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायत विभिन्न समितिहरु गठन गरिने उनले बताए ।

कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरुलगायतको उपस्थितिमा १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सो समूहले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका बाबजुद धैर्यता अपनाई निरन्तर पार्टी एकताको प्रयास गरिरहेको आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ । ‘निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसला आउँदा पनि विधिको शासन र न्यायिक स्वतन्त्रताको पालना गर्दै पार्टी एकताकै लागि पहल गरिरहेका छौँ, आयोग र अदालतबाट मान्यता पाएको पक्षबाट भेटघाट, वार्ता र संवादका विषयमा सार्वजनिक हल्ला भएजस्तो सम्बन्धित पक्षसँग औपचारिक भेटघाट गरेको, ठोस प्रस्ताव राखेको अवस्था होइन, छैन’, नेता मीन विश्वकर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरुले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरु अघि सारेर एकतालाई असहज बनाए भनी चलाएका बजार हल्लाहरु निराधार, मिथ्या र भ्रामक भएको सो समूहको दाबी छ ।

पार्टी एकताका लागि नियमित महाधिवेशन पक्षले निरन्तर प्रयास गर्ने, हदैसम्मको लचकता अपनाउने, संवादपश्चात् लामो धैर्यता पनि राख्ने गर्दा गदै विवादपश्चातको सात महिना र अदालतको फैसला पछिका चार महिना बितिसक्दा पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलब्धिमूलक पहल गरेको वा गर्न चाहेको जस्तो नदेखिएको सो समूहको आरोप छ ।

पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न नियमित महाधिवेशन पक्षधरले यही साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेको जनाएको छ । उक्त भेलाको मिति, समय र स्थान साउन ६ गते हुने बिपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिने नेता विश्वकर्माले जानकारी दिए ।

सो समूहले भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढिरहेकोे अवस्थामा तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक सावधानी अपनाउन सबै नागरिकमा अपिल गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ३३ बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ