काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई « Khabarhub

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ ‘डाइभर्ट’ भएको छ।

फ्लाईदुबईको एफडीबी ५३९ (एफजेड ५३९) उडान नम्बरको बोइङ ७३७ म्याक्स विमान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को मारेर पनि अवतरण गर्न नसकेपछि लखनउतर्फ गएको हो।

विमानले सुरुमा काठमाडौँ र आसपासको आकाशमा लामो समय फन्को मारेको थियो। मौसम अनुकूल नभएकाले अवतरण सम्भव नभएपछि विमान लखनउतर्फ मोडिएको हो। हाल यो विमान लखनउमा अवतरण भइसकेको छ।

तालिकाअनुसार यो विमान बेलुका ७:३० बजे नै काठमाडौँमा अवतरण हुनुपर्ने थियो। विमान ढिलो गरी राति ८ः५६ बजे अवतरण हुने अनुमान गरिए पनि काठमाडौँको आकाशमा ओर्लिन नसकेपछि अन्ततः भारततर्फ मोडिएको हो।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ५४ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६