रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन « Khabarhub

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको ठहर गर्दै उक्त जिल्ला समिति पूर्णरुपमा बदर गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययन तथा परीक्षणपछि तोकिएको विधि र प्रक्रिया पूरा नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बागलुङ जिल्ला अधिवेशन कार्यविधिअनुसार पुनः अधिवेशन सञ्चालन गरिनेछ। नयाँ अधिवेशनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइएको छ।

यसैबीच, आयोगले कैलाली जिल्ला अधिवेशन भने विधिसम्मत रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै त्यहाँको जिल्ला कार्यसमितिलाई सदर गरेको छ। कैलाली जिल्ला अधिवेशन गत जेठ २४ गते सम्पन्न भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ५ : १८ बजे

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका