वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु « Khabarhub

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएका हुन् । निजलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।

दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर नगरपालिका-१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर-६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : १७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख