आज फेरि गरियो प्रधानमन्त्रीको डायलाइसिस « Khabarhub

आज फेरि गरियो प्रधानमन्त्रीको डायलाइसिस


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको आज ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक एव‌ं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते डायलसिस गराएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : १४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्