इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते « Khabarhub

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको छ । अहिलेसम्म ४३० भन्दा बढी अमेरिकी सेना घाइते भएका छन्।

अल जजिराका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिकी सेनाले उल्लेख्य क्षति व्यहोरेको छ।

उता, इरानी अधिकारीहरूले यस महिनादेखि अमेरिकाले गरेको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५१७ जना घाइते भएको बताएका छन्।

इरानले अमेरिकी आक्रमणबाट भएको सैन्य तथा भौतिक पूर्वाधारको क्षतिबारे भने अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

यसैबीच इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले इरानविरुद्ध जारी युद्धमा इजरायल प्रत्यक्ष रूपमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्।

मध्य इजरायलको याद बिन्यामिनमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा इजरायललाई उक्त सैन्य अभियानमा प्रत्यक्ष संलग्न हुनुपर्ने आवश्यकता नदेखिएको बताए।

उनका अनुसार वर्तमान परिस्थिति इजरायलका लागि अनुकूल रहेकाले प्रत्यक्ष हस्तक्षेप आवश्यक छैन, तर कुनै पनि अवस्था सामना गर्न देश पूर्ण रूपमा तयार छ।

यता इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डा शेख इशा एयर बेसलाई ड्रोनमार्फत निशाना बनाएको दाबी गरेको छ। इरानी सेनाका अनुसार उक्त अड्डा अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको प्रमुख आधारस्थल तथा मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको महत्वपूर्ण केन्द्र हो।

इरानी समाचार एजेन्सी फार्सका अनुसार इरानी सेनाले इरानमाथिको आक्रमण नरोकेसम्म आफ्नो सैन्य कारबाही जारी रहने जनाएको छ। सेनाले यी आक्रमणहरू अमेरिकी सैन्य गतिविधिको जवाफस्वरूप गरिएको दाबी गरेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : २२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती