अपराध Archives | Page 15 of 273 | Khabarhub Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पाँचथर- २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई प्रहरीले पक्राउ गरेको छ । रत्न कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।