अपराध Archives | Page 51 of 271 | Khabarhub Khabarhub

लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट आइतबार लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।