समाचार Archives | Page 5380 of 8407 | Khabarhub Khabarhub

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

खोटाङ– निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए । हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण भइरहेको छ ।…