Live on
Your Voice, Your Power
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन् । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए ।…