समाचार « Khabarhub

युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा

एजेन्सी– युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले एसपालमाथि फराकिलो जित निकाल्यो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालमाथि ४–० को फराकिलो जित निकाल्यो । युभेन्टसको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ…