समाचार « Khabarhub

सरकारको आह्वान परिपालना गर्दै नयाँ वर्ष मनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं - राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्ष २०७७ को शुभकामना दिदै सरकारी आह्वानलाई घरमै बसी परिपालन गर्दै मनाउन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देश सार्वजनिक गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्…