समाचार « Khabarhub

पहिरोले रिडी-रुद्रवेणी सडक अवरुद्ध

रूपन्देही- लगातारको वर्षाले पहिरो खस्दा रिडी-रुद्रवेणी खण्ड अवरुद्ध भएको छ । गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय रिडीका प्रमुख शालिकराम थापाले सडकमा खसेको पहिराे हटाउने काम भइरहेको जानकारी दिए । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्‍ने उनले बताए…