सम्बन्ध राम्रो बनाउन पति पत्नीले गर्नुपर्छ झगडा ! | Khabarhub Khabarhub

सम्बन्ध राम्रो बनाउन पति पत्नीले गर्नुपर्छ झगडा !


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हामीमध्ये धेरैको जीवनसाथी या पति पत्नीसँग कुनै पनि कुरा वा विषयमा विवाद वा झगडा समान्य कुरा हो । कतिपयले यसलाई नराम्रो रुपमा लिएपनि एक अध्ययनका अनुसार पतिपत्नी या जीवनसाथीबीचको झगडाले सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गर्छ ।

एक नयाँ अध्ययनले जीवनसाथीसँगको केही विषय वा कुरामा भएको झगडा वा वादविवादले सम्बन्ध थप मजबूद बनाउने छ ।

१ हजार मानिसमा गरेको अध्ययन अनुसन्धनका क्रममा पत्ता लागेको तथ्य अनुसार जुन जोडी कुनै कुरामा आफ्नो साथीसँग झगडा गर्छन् उनीहरु अन्य जोडीको तुलनामा १० गुणा धेरै खुसी रहन्छन् । जो जीवनसाथीसँगको कुराकानी वा झगडापछि रिसाएर एक्लै बस्छन् उनीहरुको तुलनामा झगडा गर्नेहरुबीचको सम्बन्ध थप राम्रो हुन्छ ।

अध्ययनका मुख्य लेखक जोसेफ ग्रिनिका अनुसार केही जोडी केही महत्वपूर्ण र संवेदनशील कुरामा आफ्ना साथीसँग झगडा गर्नबाट टाढा भाग्छन् । उनीहरुलाई लाग्छ कि यस्ता विषयमा विवाद गर्दा जीवनसाथीसँगको सम्बन्ध टुट्न जान्छ ।

तर अध्ययनमा सहभागी भएका ५ मध्ये ४ मानिसले पार्टनरसँग सम्बन्ध खराब हुनुको खास कारण राम्रोसँग कुराकानी नहुनु हो । तर ग्रिनिले बताए अनुसार केही जोडीले आफनो भावनालाई ठीक रुपमा बुझ्न सक्दैनन् । उनीहरुलार्ई कुन स्थितिमा कस्तो खालको व्यववहार गर्न आवश्यक छ भन्ने हेक्का वा जानकारी नहुँदा समस्या उत्पन्न हुने गरेको छ । खराब सम्बन्धको सबै दोष साथि माथि लाइदिन्छन् जसका कारण समस्या थप जटिल बन्न जान्छ ।

यस अध्ययनबाट पत्ता लाग्छ कि आफ्नो भावनालाई आफ्नो साथीसँग शेयर गर्नु र केही कुरा नराम्रो लागेमा पार्टनसँग झगडा गर्नाले सम्बन्ध कमजोर हुन्न बरु मजबूद हुन्छ । सिर्फ सम्बन्धमा विश्वास तथा प्यार आवश्यक छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : १२ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन