भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भने-शीघ्र स्वास्थ्यलाभको कामना « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भने-शीघ्र स्वास्थ्यलाभको कामना


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको शल्यक्रिया पछि छिटो पूर्ण रुपमा स्वास्थ्य लाभको कामना गरेको दूतावासले जनाएको छ ।

मोदीले ओलीलाई लेखेको पत्रमा भारतीय जनता र आफ्नो तर्फबाट थप उपचार सेवा र सल्लाहका लागि सहयोग गर्ने तत्परता व्यक्त गरेका छन् । सन्देशमा मोदीले प्रधानमन्त्रीको नेतृत्व र ओलीकै महत्वपूर्ण साझेदारीबाट दुबै देशका जनता अत्याधिक लाभान्वित भएको स्मरण गरेका छन् ।

साथै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री ओलीसँग भविष्यमा पनि निरन्तर काम गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल