नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य ६० हजारभन्दा कम « Khabarhub

नेपालमै बन्न थालेपछि बजाज डोमिनारको मूल्य ६० हजारभन्दा कम


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ ।

नवलपरासीमा रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डोमिनार भारतबाट आयात हुँदाभन्दा सस्तो मूल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले जनाएको छ ।

यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो । भारतमा नै नयाँ प्रोडक्सन भएको यो मोटरसाइकल नेपालमा त्यही अनुरुप एसेम्वल गरेर बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।

सरकारले धेरै सीसीका मोटरसाइकलमा गरेको कडाई पश्चात डोमिनारको मूल्य वृद्धि भएर ५ लाख ८९ हजार ९ सय रुपैयाँमा बिक्री भएको थियो ।

हाल मेरोअटोलाई कम्पनी स्रोतले उपलब्ध गराएको नयाँ मूल्य सूचीअनुसार बजाज डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिलाको तुलनामा नयाँ डोमिनारको मूल्य ६० हजारले सस्तो भएको हो ।

परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन छ । यो इन्जिनले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।

डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर रहेको छ । यसको फ्रन्टमा ४३ एमएम ट्राझलिङ टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यसमा सुरक्षा फिचरको रुपमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : २२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी