१३ औं सागको उद्घाटन आज, १५ हजारको प्रस्तुति | Khabarhub Khabarhub

१३ औं सागको उद्घाटन आज, १५ हजारको प्रस्तुति



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज (आइतबार) दशरथ रंगशालामा हुँदैछ ।

सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुँदैछ ।

दुई संस्करणको साग यसअघि नै सफलतासाथ सम्पन्न गरेको नेपाल तेस्रो सागलाई भव्य पार्ने योजनामा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव तथा आयोजना समितिका संयोजक रमेश कुमार सिलवाल बताउँछन् ।

सागको उद्घाटनका लागि दशरथ रंगशाला सिंगारिएको छ। मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, चारैतिर टाकिएको प्यारापिटको छानो लगायतले यतिबेला रंगशालाको सुन्दरता बढाएका छन्।

उद्घाटनका लागि जसरी रंगशाला सजिएको छ त्यसैगरी काठमाडौंका विभिन्न चोक तथा पाटीहरु सिंगारिएका छन्। पहिलो र आठौं साग आयोजना गरेको काठमाडौं तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ।

सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने राखेपले जानकारी दिएको छ। जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन्।

१५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।

सागको उद्घाटन शर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्नेछन्।

साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने शनिबारको नियमित पत्रकार भेटघाटमा सदस्य सचिव सिलवालले बताए ।

सागको उद्घाटनमा आउने तथा सडकको यातायात सहज होस् भन्ने उदेश्यले सरकारले राजधानीमा आइतबार बिजोर नम्बरका सवारीसाधनको प्रयोग गर्न भनेको छ।

सागका लागि दशरथ रंगशालमा खेल हेर्न वा उद्घाटनमा आउनेले टुडिखेलमा आफ्नो सवारी पार्क गर्न पाउने राखेपले यसअघि नै जानकारी दिईसकेको छ।
दिउँसो ५ बजे शुरु हुने उद्घाटन कार्यक्रम ३ घण्टा १४ मिनेटको हुनेछ ।

यो साग काठमाडौंमा मात्रै उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि आयोजना हुनेछ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ३२ बजे

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई