महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ? « Khabarhub

महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ?


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ । भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो ।

भेटवार्ताका क्रममा मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह, बालमृत्युदर, कुपोषण, पुड्कोपना, अपाङ्गता भएका व्यक्तिका सवाल तथा महिला उद्यमशीलताको प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लक्षित समुदायको आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताइन् ।

भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि संघीय सरकारले विशेष कार्यक्रम तथा थप बजेटको व्यवस्था गर्नुपर्ने बताए । 

उनले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारको विशेष पहल आवश्यक रहेको औँल्याए ।

जवाफमा मन्त्री बादीले कर्णाली प्रदेशको समग्र विकास तथा सामाजिक सूचक सुधारका लागि संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उनले प्रदेशमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारीसमेत गराइन् ।

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै संघीय सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

भेटवार्तामा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ११ : १० बजे

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल

महिलामन्त्री बादी र मुख्यमन्त्री शाहीबीच भेट, के-के भए कुराकानी ?

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, जथाभावी नफाल्न आग्रह

काठमाडौं– यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला सिटी- ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र

प्राधिकरणले भन्यो- तिहार र छठमा विद्युत् आपूर्ति बन्द हुन दिँदैनौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ