बडिगाड गाउँपालिका–२ मा नेकपाका शेरचन विजयी « Khabarhub

बडिगाड गाउँपालिका–२ मा नेकपाका शेरचन विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा सत्तारुढ दल नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।

त्यसैगरी समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । कूल एक हजार साच सय ४२ मतदातामध्ये एक हजार एक सय ३४ मतदाताले मतदान गरेका थिए । खसेको मतमध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालीन एमालेका विष्णुप्रसाद भुषालले विजयी भएका थिए ।

भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टीका उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ३९ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी