ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै « Khabarhub

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

बन्दीप्रत्यक्षीकरण रिट दर्ता हुँदै


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् ।

गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो । जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलगत्तै ओलीसँगै तत्कालीन र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।

ओली पक्षका कानुन व्यवसायीहरूले अदालतको पक्राउ पुर्जी बिना ‘अत्यधिक जरुरी’ भन्दै गरिएको पक्राउलाई कार्यपालिकाको स्वेच्छाचारिता र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । रिट निवेदनमा पक्राउ प्रक्रिया त्रुटिपूर्ण रहेको र हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिने बुझिएको छ ।

सरकारले भने आयोगको प्रतिवेदनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको दाबी गरेको छ । ओलीलाई स्वास्थ्य परीक्षणपछि शिक्षण अस्पताल राखिएको छ भने लेखकलाई महाराजगञ्च प्रहरी गणमा राखिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : २७ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति