प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसको जीत « Khabarhub

प्रचण्डको निर्वाचन क्षेत्रमा कांग्रेसको जीत


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब बहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ०० बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली