एम्बुलेन्स र ट्रक ठोकिँदा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्स र ट्रक ठोकिँदा ७ जनाको मृत्यु


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी एम्बुलेन्स चालकसहित ७ जनाको मृत्यु भएको हो । एम्बुलेन्स चालक राजेश दनुवारसहित एम्बुलेन्समा सवार ३४ वर्पीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३१ वर्षीय दिनेश राई र ३५ वर्षीय मुकेश राई छन् ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत विशमाया राईको शव लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।

ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ०३ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो