एम्बुलेन्स र ट्रक ठोकिँदा ७ जनाको मृत्यु « Khabarhub

एम्बुलेन्स र ट्रक ठोकिँदा ७ जनाको मृत्यु


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी एम्बुलेन्स चालकसहित ७ जनाको मृत्यु भएको हो । एम्बुलेन्स चालक राजेश दनुवारसहित एम्बुलेन्समा सवार ३४ वर्पीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३१ वर्षीय दिनेश राई र ३५ वर्षीय मुकेश राई छन् ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत विशमाया राईको शव लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माले बताए ।

ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ०३ बजे

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकप फाइनलमा

काठमाडौँ- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार