मोरङको धनपालथान-२ मा कांग्रेसको जित « Khabarhub

मोरङको धनपालथान-२ मा कांग्रेसको जित


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गरे भने विजयी नेपाली कांग्रेसका साहले १ हजार ७ सय ०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गरे। ४ हजार ७४ मतदाता रहेको यो ठाउँमा ३ हजार २ सय ८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ३९ बजे

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको