सिरहा कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार विजयी « Khabarhub

सिरहा कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- स्थानीय तह उपनिर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिलिप कुमारयादव विजयी भएका छन्।

यादव कुल खसेको मतको ८ सय २५ मतसहित विजयी भएका हुन्। यादव निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतो भन्दा एक सय ७१ बढी मतको अग्रतासहित विजयी भएका हुन्।

महतोले ६ सय ५४ मत प्राप्त गरेका छन्। वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत पाएका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार मो. अताउल रहमानलले एक सय ६० मत पाएका छन्।

तिलासी बेलहा र बेलहास्थित विष्णुचरण आधारभूत विद्यालय गरी चार मतदान केन्द्रमा शनिबार सम्पन्न मतदानमा ३ हजार ४ सय ५० मतदातामध्ये दुई जार चार सय ८० मत (७१.८८ प्रतिशत) खसेको थियो।

पहिलो स्थानीय तहको निर्वाचनमा कल्याणपुर १२ मा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ मा मृत्यु भएपछि रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो।

वडाध्यक्ष पदका लागि विजेतासहित आठ जना दलीय र पाँच जना स्वतन्त्रसहित १३ जना प्रत्याशी थिए। पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा तेस्रो, राजपा निकटतम् प्रतिद्वन्द्वी रहेको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : १४ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति