पर्साको सखुवाप्रसौनी-५ मा समाजवादीका यादव विजयी « Khabarhub

पर्साको सखुवाप्रसौनी-५ मा समाजवादीका यादव विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलालकुमार यादव विजयी भएका छन्।

समाजवादी पार्टीको पन्जाछापबाट निर्वाचनमा लडेका यादवले १ हजार ३१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशेस्वर यादवले ८१९ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए।

वडाध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहेका पाँचजना मध्ये तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उदयशंकर रौनियारले २३२ मत प्राप्त गरेका छन्। त्यसै गरी स्वतन्त्रका गोपाल साह कानुले १६ मत र राप्रपाका सदरी महराले गाई छापबाट ८ मत प्राप्त गरेको उनले बताए।

कुल खसेको २ हजार १२८ मत मध्ये २२ मत बदर भएको पर्साको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले बताइन्। आइतबार बिहान १ बजेतिर सकिएको मत गणनाको अन्तिम नतिजामा २२ मत बदर भएको झाको भनाइ छ। वडाध्यक्षमा निर्वाचित रुपलाल कुमार यादव आफ्नै बुबा वृजमोहन यादवको पदमा पुगेका हुन्।

उनैका बुबा वृजमोहनको हृदयघातका कारण मृत्यु भएर रिक्त रहेको पदमा शनिबार भएको निर्वाचनमा आफ्नो पार्टीको पनि शाख जोगाउँदै रुपलाल विजय बनेका हुन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : १७ बजे

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई