उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक | Khabarhub Khabarhub

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थाहाभएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ४५ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो