रवीन्द्र मिश्रको साझा पार्टीको बेहाल, १२ हजार मत गन्दा ९० भोट ! | Khabarhub Khabarhub

रवीन्द्र मिश्रको साझा पार्टीको बेहाल, १२ हजार मत गन्दा ९० भोट !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– रवीन्द्र मिश्रको दल साझा पार्टीले उपनिर्वाचनमा कमजोर प्रदर्शन गरेको छ ।

नयाँ शक्तिको वकालत गर्दै आएका मिश्रको दल साझा पार्टीले शनिवार सम्पन्न कास्की क्षेत्र नम्बर २ को उपचुनामा कमजोर मत परिणाम ल्याएको हो ।

शनिवार रातिबाट जारी मतगणनामा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्याले ८ हजार २ सय ६५ मत पाउँदा साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९० मत पाएकीइ हुन् ।

कास्कीका तीन वडा गनिसक्दा तराजुको मत संख्या सय पनि पुग्न सकेको छैन ।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। अहिलेसम्म पोखरा महानगर ३३,२१ र २० नम्‍बर वडाको मत गणना सकिएको छ ।

नेकपाकी उमेद्वार विद्या भट्टराई कांग्रेसका उमेद्वार खेमराज पौडेलभन्दा दोब्बर बढी मतान्तरले अगाडि छिन्। पछिल्लो मतपरिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत ल्याउँदा खेमराजले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ४९ बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।