उपनिर्वाचन– नेकपाले र कांग्रेसले यसअघि जितेको कहाँ हारे, नयाँ कहाँ जिते ? « Khabarhub

उपनिर्वाचन– नेकपाले र कांग्रेसले यसअघि जितेको कहाँ हारे, नयाँ कहाँ जिते ?


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत स्थानीय तहका ४३ वडा अध्यक्षहरुमध्ये अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा सत्तारुढ दल नेकपाले २२ स्थानमा जीत हात पारेर अग्रता कायम गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ वडा अध्यक्षमा जीत हात पारेको छ । त्यसतै राजपाले ३ र समाजवादीले ३ वडा अध्यक्षमा जीत हात पारेका छन् ।

यसअघि भएको निर्वाचनमा जितेको ८ स्थान सत्तारुढ दल नेकपाले गुमाएको छ । तत्कालिन नेकपा एमालेले जितेको २१ र तत्कालिन माआवादी केन्द्रले जितेको २ वडासमेत गरि २३ वडामध्ये नेकपाले ८ वटा वडा गुमाएको छ । त्यस्तै कांग्रेसले पनि यसअघि जितेका ८ वडा गुमाएको छ । कांग्रेसले गुमाएको वडाहरु नेकपाले हात पारेको छ ।

नेकपाले उपचुनावमा कांग्रेसले यस अघि जित निकालेका इन्द्रावती ८ सिन्धुपाल्चोक , फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, , कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरामा जितेको छ । यस्तै नेकपाले यसअघि जितेको हिलिहाङ ७ पाँचथर,धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडी गुमाएको छ जसमा कांग्रेसले जितेको छ ।

को को भए विजयी ?

पाँचथरको फिदिम नपा–१ मा गजाधर राई, सङ्खुवासभा खाँदवारी नपा–३ भरतकुमार घिमिरे, भोजपुर पौवादुङ गापा–१ मा जितेन्द्र राई, खोटाङ साकेला गापा–३ मा शिवकला राई, सिरहा कल्याणपुर नपा–१२ मा दिलीपकुमार यादव, रामेछाप उमाकुण्ड गापा–५ मा कुलबहादुर बस्नेत, सिन्धुपाल्चोक इन्द्रावती गापा–८ मा केदारनाथ आचार्य, काभ्रे धुलिखेल नपा–२ मा देवप्रसाद कोइराला र काठमाडौँ दक्षिणकाली नपा–३ मा नेकपाका उम्मेदवार शिवभक्ति बलामी विजयी भएका छन् ।

लम्जुङ सुन्दरबजार नपा–२ मा नवीनकुमार श्रेष्ठ, बागलुङ बडिगाड गापा–२ मा ढालप्रसाद शेरचन, नवलपरासी बर्दघाट सुस्तापूर्व बौदीकाली गापा–५ मा खिमबहादुर थापा, रोल्पा थवाङ गापा–१ मा जनकबहादुर बुढामगर, कञ्चनपुर पुनर्वास नपा–३ मा कृष्णबहादुर तामाङ, सल्यान कुमाख गापा–५मा धर्मे बुढाथोकी, बैतडी पुर्चौडी गापा–४ मा शैलेन्द्र धानुक, गुल्मी रुरु क्षेत्र गापा–६ मा शोभाखर खनाल, प्यूठान नपा–२ मा मुक्ति पोखरेल, डोटी आदर्श गापा–२ मा रामबहादुर बोहरा, अछाम मल्लेख गापा–५ रमेशबहादुर खड्का र बाजुरा त्रिवेणी नपा–१ को वडाध्यक्षमा पनि नेकपाकै उम्मेदवार मनराजे बुढा विजयी भएका छन् ।

पाँचथर हिलिहाङ गापा–७ मा तिलविक्रम इधिङ्गो, महोत्तरी बलवा नपा–२ मा विपिन पजियार सुडी, रौतहट गढीमाई नपा–२ मा दीपेन्द्र श्रेष्ठ, चितवन भरतपुर मनपा–१६ मा अमृतराज हमाल, खैरहनी नपा–४ मा देवबहादुर बस्नेत, सोही नपा–५ मा प्रतिमा कार्की, बैतडी दोगडाकेदार गापा–४ मा सुरेन्द्रप्रसाद भट्ट, अर्घाखाँची मालारानी गापा–३ मा शोभाखर खनाल, दाङ घोराही उपनपा–१६ मा ताराबहादुृर डिसी र मोरङ धनपालथान गापा–२ मा नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार नारायणप्रसाद साह निर्वाचित भएक हुन् ।

राजपाका वडाध्यक्षका उम्मेदवार महोत्तरी मटिहानी नपा–६ मा रामबाबु नायक, कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र र सप्तरी छिन्नमस्ता गापा–७ मा प्रमिलादेवी यादव विजयी भए ।

सर्लाही हरिपुर्वा नपा–१ मा श्यामबाबु राय, बारा बारागढी गापामा सुरेशप्रसाद चौधरी र पर्सा प्रसौनी गापा–५ मा समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रुपलालकुमार यादव निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : २५ बजे

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई