मलेसियाबाट अवैध श्रमिक फर्काउन दूतावासको घुम्ती शिविर « Khabarhub

मलेसियाबाट अवैध श्रमिक फर्काउन दूतावासको घुम्ती शिविर


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत अवैध नेपाली कामदार फर्काउन घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

मलेसिया सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफी दिएको स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’ कार्यक्रम आगमी डिसेम्बर ३१ मा सकिँदै छ । सोही कार्यक्रमलाइ मध्येनजर गदै दूतावासले मलेसियाका विभिन्न स्थानमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

मलेसिया सरकारले गएको अगष्ट १० देखि अवैधरूपमा मलेसियामा बसेका आप्रवासी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएको थियो । दूतावासले आज (आइतबार) पेनाङ्ग राज्यमा यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने बताएको छ ।

नेपाली दूतावासले अवैध कामदारको घनत्व रहेको विषेश स्थामा घुम्ती सेवा सञ्चालन गर्ने दूतावासले जानकारी दिएको छ ।

उक्त कार्यक्रमबाट घर फर्किन अवैध रुपमा बसेका नेपालीले हवाई टिकट आफैंले खरीद गरी जरिवाना वापत ७ सय, स्पेसल पास वापत १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट गरी करिब २६ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ३२ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त