आत्मविश्वासका साथ काम गरे असम्भव केहि छैन « Khabarhub

आत्मविश्वासका साथ काम गरे असम्भव केहि छैन


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युनेज स्यान्डो नामका एक किशोर अत्यन्त कमजोर, दुब्ला र रोगी थिए । आफ्ना खराब बानीका कारण उनले बाल्यावस्थामै आफ्नो स्वास्थ्य गम्भीर रूपमा बिगारिसकेका थिए । एक दिन उनी आफ्ना पिताका साथ कला संग्रहालय हेर्न गए ।

संग्रहालयको ग्यालरीमा प्राचीनकालका बलिष्ठ पुरुषहरूका मूर्ति प्रदर्शनीमा राखिएका थिए । उनले रुचिपूर्वक ती मूर्ति अवलोकन गरे । उनलाई कुनै मानिसका पाखुरा यति बलिष्ठ पनि हुन सक्छन् भन्नेमा विश्वास नै भएन । उनले यस संसारमा कुनै मानिस यति बलवान् हुन सक्छ भन्ने सपनामा पनि सोचेका थिएनन् । उनी यी मूर्ति देखेर निकै प्रभावित भए ।

स्यान्डोले आफ्ना पितासँत सोधे-बाबा, के यी प्रतिमा काल्पनिक हुन् ? के मानिसको यस्तो अद्भूत स्वास्थ्य सम्भव छ ? छोराको प्रश्न सुनेपछि उनका पिताले आत्मविश्वाससाथ जवाफ दिए-बाबु, यी सबै मूर्ति यथार्थ हुन्, कुनै कल्पना होइनन् । मानिसको यस्तो स्वास्थ्य, यस्तो सुगठित शरीर र मसल हातपाखुरा सम्भव छ । नियमित व्यायाम गर्‍यौ, प्रशस्त परिश्रम गर्‍यौ र खानपिनमा ध्यान दिन सक्यौ भने तिमीले पनि यस्तै स्वास्थ्य प्राप्त गर्न सक्छौ । तिम्रो पनि यस्तै सुगठित शरीर सम्भव छ ।

पिताको जवाफ सुनेपछि स्यान्डो गम्भीर बने । पिताको भनाइ उनको मनमा गढेर बस्यो । त्यसपछिका दिनमा उनले आफ्नो पुरानो चोला फुकालेर फालिदिए । उनी आफ्नो खानपानमा विशेष सचेत हुन थाले । साथै, उनले नियमपूर्वक शारीरिक व्यायाम र कठोर परिश्रम शुरु गरे ।

परिणामतः उनी एक ख्यातिप्राप्त बलवानका रूपमा विख्यात भए । उनले शारीरिक व्यायामका अनेक नियम र विधि पत्ता लगाए । आजको दिनमा पनि उनका यी शारीरिक व्यायामका विधिलाई ‘स्यान्डो कला’का नामले चिनिन्छ । आखिर आत्मविश्वास र लगन भयो भने यो संसारमा असम्भव भन्ने के नै छ र ?

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ४४ बजे

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको