प्रहरीको सक्रियतामा चार घण्टामै अपहरणकारी पक्राउ « Khabarhub

प्रहरीको सक्रियतामा चार घण्टामै अपहरणकारी पक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ ।

विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ ।

देउवा अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता एबं डिएसपी होबिन्द्र बोगटीले पाएसँगै उनले सबै क्षेत्रको प्रहरीलाई खबर गरेका थिए ।

तीन जनाको समूहले उनलाई सेतो भ्यानमा लगेको प्रत्यक्षदर्शीहरुले बताएका आधारमा प्रहरी अपहरणकारीको खोजीमा जुटेको थियो । अन्तत धादिङको खानीखोला प्रहरीले अपहरणकारीलाई नियन्त्रण गर्‍यो ।

देउलालाई अपरहण गर्न अपहरणकारीको समूह चितवनबाट काठमाडौं आएको थियो । आर्थिक लेनदेनमा समस्या भएपछि देउलालाई उनीहरुले अपरहण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकु ल्याउने काम भइरहेको डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ०१ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६